पछिल्लो नतिजा: हेर्नुहोस कहाँ कसले जित्यो,को कति अगाडी ?



हाम्रो इकोनोमि

नेपाली कांग्रेस ३६ नेकपा एमाले २२, माओवादी केन्द्र १४, फोरम लोकतान्त्रिक ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ ठाउँमा अग्रता लिएका छन । पछिल्लो नतिजा अनुसार बैतडीको पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी भएको छ। पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी हुनुभयो । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ ।

दाङको गढवा गाउँपालिका वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ ।
अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी हुनुभएको छ । कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो ।

उता स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ ।

लेकम– १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा ९एमाले०का चन्द्रसिंह बोहराले २९५ र नेकपा ९माओवादी केन्द्र०का तारासिंह बोहराले १६१ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ ।

भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...