बैतडीमा काँग्रेसको प्यानलनै बिजयी, पञ्चेश्वर–१ मा एमालेले जित्यो



बैतडी । पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याउनुभयो । दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी हुनुभयो । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ ।

पुर्चाैडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गर्नुभएको छ ।
पञ्चेश्वर–१ मा एमाले विजयी

पञ्चेश्वर गाउँपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको प्यानल विजयी भएको छ । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।

पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गर्नुभएको छ ।

डिलाशैनी र सिगासमा मतगणना हुन सकेन

डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा मतगणना हुन सकेको छैन । सिगासमा मतपेटिका ढुवानी हुन बाँकी छ भने डिलाशैनीमा सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन नसकेको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका, पुर्चौडी नगरपािलका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा बुधवार रातिदेखि तथा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्