दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान



काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।

यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्