कहाँ कहाँ खाता खोले कांग्रेस एमाले र माओबादीले ?



स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् ।

बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ मत प्राप्त गरेका छन । ८५७ मतदाता रहेको वडा नं १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए ।

बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भए । उनले २३६ मत प्राप्त गरे ।

उता संखुवासभा जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ । नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।
विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।
त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

त्यसैगरी पहिलो चरणको स्थानीय निकायको चुनावमा पहिलो बनेको नेकपा एकाले दोस्रो चरणको निर्वाचन परिणम आउन शुरु भएसंगै पहिलो चरणमाझै एमालेले विजयी शुरुवात गर्न थालेको छ । हिजो भएको निर्वाचनको जारि मत गणनामा आज विहान ९ बजे सम्म एमालेले चार स्थानमा जित हासिल गरेको छ ।
वैतडीको पंचेश्वर गाँउपालिका १ मा एमालेका कर्ण चन्द वडाअध्यक्षमा ४९२ मत ल्याएर बिजय भएका छन् ।बाजुराको गहुमुल गाँउपालिकामा–६ एमालेका प्रकाश रोकाय २८८ मत ल्याएर वडाअध्यक्षमा विजय भएका छन् ।
बझाङको मस्टा गाउँपालिकाका दुई वडामा एमालले जित निकालेको छ । वडा नम्बर १ मा एमालेका राजेन्द्र खड्काको प्यानल बिजयी भएको छ । वडा नम्बर ७ मा पनि एमालेका बमबहादुर बोहोराको प्यानल विजय भएको छ ।

दाङको गढवा गाउँपालिका वडा नम्बर ८ र राप्ती गाउँपालिकाको वडानम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
गढवा ८ को अध्यक्षमा सद्धाम सिद्दीकी र राप्ती ९ मा रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।
गढवा ८ को अध्यक्षमा माओवादीका सद्धाम सिद्दीकी १०७ मत सहित विजयी भएका छन् । सिद्धिकी माओवादी केन्द्र दाङका सबैभन्दा कान्छा उम्मेदवार हुन् । उनी २१ वर्षका छन् ।
गढवा ८ का सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ र दलित महिला सदस्यमा विमला विक विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्