स्थानीय निर्वाचनमा क-कस्को भयो पत्तासाप



हाम्रो इकोनोमि

काठमाडौ । यसपटक चुनाव वहिस्कार गर्नेहरु पत्तासाप भएका छन् । राष्ट्रिय जनता पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिस्कार र बिथोल्ने कार्यक्रम घोषणा गरेका थिए ।

उनीहरुले बन्द हड्तालका कार्यक्रम पनि आह्वान गरेका थिए । तथापी उनीहरुको कार्यक्रम खासै प्रभावकारी भएन । राजपाको घोषणालाई रुपन्देही, कपिलवस्तु लगायत उसको प्रभाव क्षेत्रमा आफ्नै कार्यकर्ताले लोप्पा खुवाईदिए । सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता जस्ता जननिर्वाचित राजपा नेताहरुले कार्यकर्तालाई स्वतन्त्ररुपमा उम्मेदवार उठाएर आफ्नो प्रभाव क्षेत्रमा अरुलाई जित्न नदिने रणनीति बनाए । लिम्बुवानमा पनि चुनाव बहिस्कारको धम्की थियो । सिके राउतबाट पनि डर थियो ।

र, सबै बहिस्कारवादीहरु यसपटक लगभग पत्तासाफ भए । जहाँ राजपाको प्रभाव थियो, त्यही ठाउँमा सबैभन्दा धेरै मतदान भएकाले पनि राजपाको बहिस्कार मधेशी जनताबाट खारेज भएको पुष्टि हुन्छ । चुनाव हुने जिल्लामा राजपाको बन्द हड्तालेको कुनै प्रभाव भएन ।

तर चुनावै नभएको २ नम्बर प्रदेशमा बन्द गराएर राजपाले टाउको दुःखेको दबाइ नाइटोमा लगाएको चर्चा पनि चल्यो । यो चुनावमा बहिस्कार रणनीतिको असफलताले राजपालाई रक्षात्मक बनाइदियो । रोल्पाको थवाङमा विप्लबका कार्यकर्ताले मतदानमा भाग लिएर उनको आह्वानलाई खारेजमात्र गरेका छैनन्, यसपटक देशमा चुनावबाट कोही बाहिर नरहेको प्रमाणित गरिदिए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...