संरक्षित धाँधली भएका ठाउँमा पुनः मतदान गराउन एमालेको माग



हाम्रो इकोनोमि

निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति एमालेले गम्भीर आपत्ति प्रकट गरेको हो । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको एमालेको भनाई छ । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको बिज्ञप्तिमा जनाईएको छ । अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले एमालेलाई चिन्तित बनाएको पनि उल्लेख छ ।

निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि एमालले धन्यवाद भनेको छ । स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने एमाले सचिव योगेश भट्टराईले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको एमाले निचोड छ । यस निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास पार्टीले लिएको छ । तर, सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पु¥याएको एमालेले जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई नेकपा (एमाले )ले धन्यवाद ज्ञापन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...