मतदान गर्न एउटै लाइनमा बसेका दुई महिलाले घोर्ले छोरा जन्माए



हाम्रो इकोनोमि

 काठमाडौँ / मतदानमा यसघि मरेका र मारिन खोजिएका समाचार मात्र आए तर सुखद समाचार पनि छन् । मतदानको लागि एउटै लाइनमा रहेका दुई महिलाले बच्चा जन्माएका छन् । अछामको रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित जाताको नन्दकाली आधारभूत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुवै महिलाले छोरा जन्माएका हुन् । रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् ।

बुधबार बिहान ९ बजेतिर भोट हाल्नका लागि लाइनमा लागेकै बेला उनीहरुलाई सुत्केरी व्यथा लागेको थियो । व्यथा लागेपछि स्कुलकै छेउमा उनीहरुलाई सुत्केरी गराइएको हो । सुत्केरी भएको एक घण्टापछि मतदान गरेर उनीहरु घर फर्किएका मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए । बच्चा जन्माएका दुबै महिला र शिशु स्वस्थ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...