सकियो मतदान भरतपुर प्रकरण दोहोरिन नदिन निर्वाचन आयोगको यस्तो छ तयारी



काठमाडौँ / निर्वाचन आयोगले अधिकांश स्थानीय तहको मत परिणाम तीन दिनभित्रै आइसक्ने बताएको छ । साथै धेरै मतदाता भएका स्थानीय तहलाई समेत ७ दिनभित्र परिणाम सार्वजनिक गरिसक्न भनेको छ । तीनवटा प्रदेश १, ५ र ७ नम्बर का ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज मतदान भइरहेको छ । मतदान सकिएपछि स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइनेछ र मतदान अधिकृतले राजनीतिक सहमतिमा गणना सुरु गर्न सक्नेछन् ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘धेरै समूहहरु बनाउने र गणनाका लागि तालिम दिएर राख्नु भनिएको छ ।’ उनका अनुसार थोरै मतदाता भएका गाउँपालिकाहरुमा तीन दिनभित्र र धेरै मतदाता भएका स्थानीय तहहरुमा सात दिनभित्र मत परिणाम घोषणा गरिसक्न भनिएको छ ।

मतगणनामा सुरक्षा कडाइ
निर्वाचन आयोगले मतगणनाका क्रममा भरतपुर प्रकरण दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा पार्न भनेको छ । ‘निर्वाचन आयोगले राजनीतिक दलका कार्यकर्ता अनुशासित हुनुहुन्छ भन्ने ठान्छ’ प्रवक्ता शर्माले भने । पहिलो चरणको चुनाव भएको स्थानीय तहमध्ये भरतपुर महानगरपालिका १९ नम्बर वडाको मतपत्र च्यातिएको थियो । यो विवादले ठूलै रुप लियो । निर्वाचन आयोगले मत पत्र त्यातिएको वडामा पुनःमतदान गर्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको छ । यो विषय अझै सर्वोच्चमा विचाराधीन छ र यसबारे २३ गते पेशी तोकिएको छ । आयोगले भरतपुर प्रकरण दोहोरिन नदिन सचेत रहन भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट