सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या



हाम्रो इकोनोमि

काठमाण्डौं । लमजुङमा सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता निकासा नहुँदा समस्या भएको छ । आव २०७३÷७४ अन्तिम चौमासिक भत्ता जिल्ला समन्वय समितिबाट निकासा नहुँदा समस्या भएको हो ।

सामाजिक भत्ताअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र दलित बालबालिकालाई प्रदान गरिने सो भत्ता जिल्ला समन्वय समितिबाट अझैसम्म निकासा नभएको हो । जेठ १५ गतेभित्र निकासा भइसक्नुपर्ने रकम एक महिना बित्दा पनि निकासा नहुँदा समस्या भएको स्थानीय तहका कर्मचारीले बताएका छन् ।

जिल्ला समन्वय समितिबाट निकासा भएको ३५ दिनभित्र लाभग्राहीले भत्ता लिन पाउने कानुनी प्रावधान छ । सो भत्ता वितरण गरी असार मसान्तभित्रै जिल्ला समन्वय समितिमा प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ ।

“आधा असार सकियो, अझै रकम निकासा भएको छैन, कहिले वितरण गर्ने, कहिले प्रतिवेदन बुझाउने” दूधपोखरी गाउँपालिकाका–२ का सचिव खम्मबहादुर बोगटीले भन्नुभयो “गाउँ पुग्न तीन दिन लाग्छ, भत्ता वितरण गर्न एक हप्ता लाग्छ ।”
भत्ताको पर्खाईमा बसेका लाभग्राहीले फोन गरेर हैरान बनाएको स्थानीय तह कर्मचारीले बताएका छन् । “लाभग्राहीले फोन गरेर हैरान बनाएका छन्, यता रकम निकासा भएकै छैन” दूधपोखरी गाउँपालिका–१ का सचिव मुक्तिराम परियारले भन्नुभयो । “पैसा जिल्ला समन्वय समितिमा रोकिएको छ ।”

स्थानीय तहको पुनःसंरचनापछि खाता सञ्चालन नहुँदा भत्ता वितरणमा ढिलाइ भएको सो संस्थाले जनाएको छ । संस्थागत कामका लागि जिल्ला बाहिर जानुपरेकाले यसमा ध्यान दिन नसकेको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...