झडपपछि तिन स्थानको मतदान स्थगित



हाम्रो इकोनोमि

धनगढी । बझाङ जिल्ला सदरमुकाम जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा मतदानका क्रममा दुई पक्षबीच झडप भएको छ ।

झडपसँगै स्थिति तनावपूर्ण बनेपछि सो मतदान केन्द्रमा अहिले मतदान स्थगित गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्र देउजाले बताउनुभयो । झडप किन भएको भन्ने जानकारी हुन सकेको छैन ।

यसैगरी अछामको बैजनाथ गाउँपालिकाको मतदानका क्रममा पनि दुई पक्षबीच भएको झडपपछि उक्त मतदान केन्द्रको मतदान स्थगित गरिएको छ । नेपाली काँग्रेस र नेकपा९एमाले०का कार्यकर्ताबीच त्यहाँ झडप भएको बताइएको छ ।

अछामकै मेल्लेख गाउँपालिकाको नन्देश्वरी मालिगाड मतदान केन्द्रमा पनि झडप भएको छ । मतदानस्थल बाहिर एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भई स्थिति तनावपूर्ण बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...