बम सहित चुनाब बिथोल्ने प्रहरी खोरमा



हाम्रो इकोनोमि

काठमाडौँ । निर्वाचन विरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले झापा बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज – ३ निवासी ४५ वर्षीया कैशीला महतो छिन् । उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए ।

त्यस्तै उदयपुरमा गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
रौता, मुर्कची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताए । कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि नै पक्राउ परिसकेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...