हिरोइनको इन्गेजमेन्ट, व्यापारीलाई ट्रयाजिटी



हाम्रो इकोनोमि

काठमाडौँ / खुशीको कुरा हो कि, नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम दाम्पत्यमा परिणत हुने भएको छ । तर, दुःखको कुरा छ कि, ‘अर्कोसँग विवाह गर्ने भएपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो’ भन्दै एकजना धनाढ्या साथीभाइसँग रोइलो गर्दैछन् ।
मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट पनि दिलाएका थिए । तर, निशाको मन अन्तै मोडिँदा अपार्टमेन्ट छाडिन्, गाडी भने साथमै छ ।
०७० सालमा दोस्रो संविधानसभाको सदस्य मनोनित भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि उनी गोपिकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छोरा निरकसँगको प्रेममा परिन् । तर, निरकसँग पनि उनको लामो मित्रता रहेन । सहाना बज्राचार्य र दावा स्टेभेन शेर्पाबीचको लिभिङ टुगेदर टुट्नुअछि निशा दुबैका मिल्ने साथी थिइन् । उनीहरु आपसमा डेट शेयरिङसमेत गर्थे । अर्थात्, एउटाको ब्वाइफ्रेण्ड साटासाट गर्नेसम्मको कामका उनी साथी बने । अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । तर, हिरोइनहरु जहिल्यै पैसा धुत्नेमात्रै ध्यानमा हुँदा हैरान भएर दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । नेपाल पर्वतारोहण महासंघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा हुन् दावा । अरुले प्रेम गरेका खबर मात्रै आउँछन्, निशाले चाहिँ विवाह नै गरेको खबरबाट मनोरञ्जनक्षेत्रका व्यक्तिहरु अहिले निशाको तारिफ गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...