एमालेका नेताले कहाँ कहाँबाट मतदान गरे



काठमाडौँ ।  दोस्रो चरणको स्थानीय निर्वाचन  १, ५ र ७ मा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार मतदान विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म जारी रहने छ  ।

आज विहान सुरु भएको निर्वाचनमा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सुर्योदय नगरपालिका– ९ स्थित राष्ट्रिय निमावि रम्फोकमा मतदान गरेका छन् । उपाध्यक्ष वामदेव गौतमले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका– ८ मा रहेको त्रिभुवन उच्च मावि मतदान केन्द्रमा मतदान गरे ।

उपाध्यक्ष तथा सात नम्बर प्रदेश संयोजक भीम रावलले अछाम जिल्लाको साफेबगर नगरपालिका– ६ स्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ केन्द्रमा मतदान गरेका छन् । एमालेका उपमहासचिव तथा पाँच नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बुटवल उपमहानगरपालिका– ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् भने अर्का उपमहासचिव घनश्याम भुसाल तिलोत्तममा नगरपालिका– ९ मणिग्रामस्थित गौतम बुद्ध शिशु सदन आधारभूत विद्यालयमा मतदान गरेका छन् ।

पार्टी सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका– ४ स्थित बम्घा निमावि भवनमा मतदान गरेका छन् भने अर्का सचिव गोकर्ण विष्टले गुल्मीकै इश्मा गाउँपालिका– ४ स्थित रामराज्य माविमा रहेको केन्द्रमा मतदान गरेका छन् ।
सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले सुनसरीको इनरुवा नगरपालिका– ६ स्थित जनता मावि मधेशामा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वसभामुख तथा स्थायी समिती सदस्य सुवासचन्द्र नेम्वाङले इलामको इलाम नगरपालिका– ७ स्थित बालमन्दिर आधारभूत विद्यालय, हाकिमटोलमा मतदान गरे। पार्टी स्थायी समिती सदस्य शंकर पोखरेल दाङको तुल्सीपुर उपमहानगरपालिका– १९ स्थित जनता विद्यापीठ, बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थायी समिती सदस्य छविलाल विश्वकर्माले वुटवल उपमहानागर– ११ स्थित वाणिज्य क्याम्पस, देवीनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा