दोस्रो चरणको निर्वाचनमा मतदान हुँदै



काठमाडौँ । दोस्रो चरणमा हने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमा  मतदान हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचनमा भयरहित रुपमा मतदानमा सहभागी हुन आह्वान गरेको छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा कुल ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको आठ हजार ३६४ मतदान केन्द्रमा गई मतदाताले बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरी मतदान गर्न सकिने आयोगले व्यवस्था मिलाएको छ ।

निर्वाचनमा भाग लिनको लागि मतदाता परिचयपत्र नभएको खण्डमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको पनि निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था पनि आयोगले मिलाएको छ । निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

निर्वाचनमा ४८ संस्थाका छ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा बिरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न निर्देशन दिइसकिएको जनाउँदै आयोगले भनेको छ– “दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफै मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नेछ । ”

 

 

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्