मुग्लिन नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा



काठमाण्डौं । मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो । नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो ।

सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो । सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए ।

सडक सञ्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमन कार्यलाई अगाडि बढाएको छ । रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालका अनुसार सो सडकमा समय समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

  विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले

सहकारी बचतकर्ताको तेस्रो चरणको आन्दोलन घोषणा

    सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट

        पर्यटकीय सदरमुकाम पोखरा को लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि

बहुचर्चित बहुलोकप्रिय माइडिया ब्रान्डको डिशवाशर नेपालमा

    वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक  बिएलडिसी