मोडलिङ क्षेत्रमा आफ्नो नाम चम्काउन सफल निशा



हाम्रो इकोनोमि

काठमाडौं । अहिलेको मोडलिङ ‘कि देखाउनेको बिक्छ की हल्लामा बिक्छ । त्यही भएर आजभोली मोडलिङमा लाग्नेहरुले छोपिने अंगहरु खुल्लमखुल्ला देखाउने गर्छन् ।

देखाउन नसक्दा कतिपयले मोडलिङलाई रहरको पेशा बनाएका छन् भने आफ्ना गोप्य अंग देखाउन नसक्दा चर्चामा नआउँदै अस्ताउने गर्छन् । तर, नदेखाए पनि अस्ताउने सुचीमा भने निशा थापाको नाम छैन ।

नेपालगन्जको कोहलपुरमा जन्मिएकी निशा मोडलिङ क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेकी छिन् । चन्चले र चुल्बुले बानी भएकी उनी १ बर्ष अगाडी मात्र आफ्नो जन्मभुमि छाडेर काठमाण्डौं आएकी हुन् । उनले १६-१७ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

जाउँ है कान्छी भागेर, फोटो हेरी टिका लगाउँ जस्ता चर्चित लोक दोहोरी गीतमा अभिनय गरेकी उनी ब्याचलर पढ्दै छिन् । उनले म्यूजिक भिडियोमा मात्र नभएर चलचित्रमा पनि अभिनय गरेकी छिन् । हाम्रो मिसन, दिलको राजा जस्ता चलचित्रमा नायिकाको सहायक भुमिकामा अभिनय गरेकी छिन् ।

सानै देखि नृत्य र अभिनयमा बढी सोख भएर यस क्षेत्रमा लागेकी निशा अभिनय क्षेत्रबाट नै आफु सन्तुष्ट भएको बताउछिन् । पैसा भन्दा पनि आफ्नो खुसि र रमाईलोको लागी यस क्षेत्रमा लागेकी उनले स्टेज कार्यक्रममा पनि उत्तिकै अभिनय गरिसकेकी छिन्  ।

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...