मोडलिङ क्षेत्रमा आफ्नो नाम चम्काउन सफल निशा



हाम्रो इकोनोमि

काठमाडौं । अहिलेको मोडलिङ ‘कि देखाउनेको बिक्छ की हल्लामा बिक्छ । त्यही भएर आजभोली मोडलिङमा लाग्नेहरुले छोपिने अंगहरु खुल्लमखुल्ला देखाउने गर्छन् ।

देखाउन नसक्दा कतिपयले मोडलिङलाई रहरको पेशा बनाएका छन् भने आफ्ना गोप्य अंग देखाउन नसक्दा चर्चामा नआउँदै अस्ताउने गर्छन् । तर, नदेखाए पनि अस्ताउने सुचीमा भने निशा थापाको नाम छैन ।

नेपालगन्जको कोहलपुरमा जन्मिएकी निशा मोडलिङ क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेकी छिन् । चन्चले र चुल्बुले बानी भएकी उनी १ बर्ष अगाडी मात्र आफ्नो जन्मभुमि छाडेर काठमाण्डौं आएकी हुन् । उनले १६-१७ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

जाउँ है कान्छी भागेर, फोटो हेरी टिका लगाउँ जस्ता चर्चित लोक दोहोरी गीतमा अभिनय गरेकी उनी ब्याचलर पढ्दै छिन् । उनले म्यूजिक भिडियोमा मात्र नभएर चलचित्रमा पनि अभिनय गरेकी छिन् । हाम्रो मिसन, दिलको राजा जस्ता चलचित्रमा नायिकाको सहायक भुमिकामा अभिनय गरेकी छिन् ।

सानै देखि नृत्य र अभिनयमा बढी सोख भएर यस क्षेत्रमा लागेकी निशा अभिनय क्षेत्रबाट नै आफु सन्तुष्ट भएको बताउछिन् । पैसा भन्दा पनि आफ्नो खुसि र रमाईलोको लागी यस क्षेत्रमा लागेकी उनले स्टेज कार्यक्रममा पनि उत्तिकै अभिनय गरिसकेकी छिन्  ।

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...