शीर्षनेताहरु कहाँ कहाँबाट गर्दैछन् मतदान



काठमाडौं । स्थानीय तहदोस्रो चरणको निर्वाचन भोली हुँदैछ । यस निर्वाचनमा सर्वसाधारण जनता मात्रै नभई पार्टीका शीर्ष नेताहरुले पनि विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गृह जिल्ला इलाममा मतदान गर्दैछन् । उनले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । निर्वाचनका लागि  प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेका छन् । उनले गन्यापधुरा गाउँपालिका–१, असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सभामुख ओनसरी घर्तीले गृह जिल्ला रोल्पाको लिवाङ–७ मा भोट हाल्नेछन् । । उनको बालोदय माध्यमिक विद्यालय मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि रोल्पाको खोलीगाउँपालिका–२ मतदान गर्दैछन्। कांग्रेस नेता कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविमा रहेको मतदान केन्द्रबाट र एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मतदान गर्दैछन् । पूर्व सभामुख सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मतदान गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस
विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज

    नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले १०औँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन

माधव र विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको संकेत

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा