को बन्लान् १० महिनापछि प्रहरीका आइजी, खरेल, खनाल र कार्कीको मुसादौड सुरु



काठमाडौँ । नेताको लगौँटी समातेका भरमा प्रहरी महानिरीक्षक (आइजीपी) हुन नसकिने पुष्टि भएपछि भविष्यमा ‘जयबहादुर चन्द साब’ कै हविगत बेहोर्नुपर्ला भनेर तीन वरिष्ठ उपरीक्षक (एसएसपी)ले भावी आइजीपी बन्न १० महिनाअघि नै खेलोमेलो सुरु गरेको पाइएको छ । एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल र पुष्कर कार्कीले भावी आइजीपी बन्न लिगलिगे दौड सुरु गरेको खुलासा भएको हो ।

अदालतमा मुद्दा विचारधीन रहेकाले आइजीपी प्रकाश अर्यालकै पद धरापमै रहेका बेला खरेल, खनाल र कार्की आफ्ना पक्षमा माहौल बनाउन क्रियाशील भएका छन् । डिआइजी नवराज सिलवाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले आइजीपी हुन रोकेका थिए भने उनीहरुले बनाएका आइजीपी जयबहादुर चन्दलाई अदालतले रोकेको थियो । दुवै अहिले डिआइजीकै हैसियतमा छन् । तीन एसएसपी भने प्रधानमन्त्री देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, गृहमन्त्री जनार्दन शर्मा र आइजीपी अर्याललाई खुशी पार्न गुपचुप दौडधूपमा लागेका छन् ।

एसएसपी बढुवामा खरेल, खनाल, राजेन्द्रमान श्रेष्ठ पहिलो, दोश्रो र तेस्रो नम्बरमा थिए । उनीहरु बढुवा भएको दुई महिनापछि बढुवा भएका कार्की एसएसपी श्रेष्ठ बिरामी परेपछि ‘मौकामा हीरा फोर्ने’ भन्दै खरेल र खनाललाई उछिन्दै आइजीपी बन्न दौडिएका हुन् । गर्लफ्रेन्डसँग बसेका आफ्नै साथी मारेको आरोप लाग्दा पनि पनि छोरालाई कारबाहीको दायरामा नल्याउने पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल पनि तीन नम्बरका कार्कीलाई आइजीपी बनाउने खेलोमेलोमा लागेको स्रोतहरुको दाबी छ । आइजीपी प्रकाश अर्याल र आइजीपी हुन नपाई एआइजीमै घर थन्किएका तथा राजाको शासनको स्वागत गर्ने उद्योगी चण्डिराज ढकालका भाइ नवराज ढकाल पनि कार्कीका पक्षमा देखिएको पाइएको छ । खनाल र खरेलको कामले छायाँमा परेका कार्कीलाई न्याय दिलाउन ठूलै शक्तिकेन्द्र लागेको पाइएको छ ।

१० महिनापछि खरेल र खनालमध्ये एक आइजीपी हुने सम्भावनामा कार्कीको तराजु पनि पल्लाभारी हुँदै गएको प्रहरी संगठनभित्र चर्चा छ । दुई वर्षदेखि विदेशमा रहेका कार्कीलाई आइजीपी बनाउन योजना अनुसार नै राष्ट्रपतिबाट पदक समेत दिलाउने काम भएको प्रहरी संगठनमै चर्चा छदैँछ । बढुवामा पदकको समेत नम्बर जोडिने हुँदा इतिहासमै विदेशमा हुँदा कसैले नपाउने पदक कार्कीका लागि बाँडेर साथीहरुको लडाइँमा आइजीपी चिठ्ठा परेका प्रकाश अर्यालले पनि संगठनमा बेथिति भित्र्याएका छन् ।

यता, प्रचण्ड सरकारका केही घण्टाका आइजीपी जयबहादुर चन्द एआइजीमा बढुवासमेत हुन सकेका छैनन् । उनलाई एआइजी बनाउनासाथ आइजीपी अर्यालकै कुर्सी धरापमा पर्ने डरले अर्याल पनि एआइजी बढुवा भन्दा तलतिरका बढुवामा लागिपरेको र सकभर कार्कीलाई फाइदा पुग्ने काममा लागेकाले प्रहरीमा अर्को नवराज सिलवाल जन्मने खतरा बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम