स्थानीय चुनावमा फर्केकाहरु सीमामै अलपत्र



हाम्रो इकोनोमि

नेपालगञ्ज । भरातमा मजदुरी गर्ने नेपालीहरु स्थानीय चुनावमा सहभागी हुनको लागि घर आईरहेका छन् । तर भारतबाट नेपाल आउँदै गरेका नेपालीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नेपालगन्ज ल्याएका छन् । सीमा नाका बन्द भएको जानकारी नपाएर नेपाल फर्किंदै गरेकाहरू भारतीय सीमा बजार रुपइडिहामा अलपत्र परेपछि प्रहरीले सुरक्षा दिएर नेपाल प्रवेश गराएको हो ।

नाका बन्द भएपछि निर्वाचनमा सहभागी हुन नेपाल आउँदै गरेकाहरू सीमा बजार रुपइडिहामा अलपत्र पर्न थालेका छन् ।  भारतीय नाकामा मतदान नसकिँदासम्मका लागि आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । १४ असारमा हुने निर्वाचनको सुरक्षाका लागि सीमा नाका बन्द गरिएको हो । सीमा नाकामा सिकिस्त बिरामीबाहेक अरुले आवतजावत गर्न नपाउने प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

अत्यावश्यक कामका लागि सीमा नाकाबाट जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर प्रहरीको आग्रह छ । सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा गर्न र अपराधिक गतिविधिमा सुक्ष्म रूपमा निगरानी राख्न नेपाल र भारत सीमा क्षेत्रमा दुवै देशको संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खडकाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...