परिवार नियोजन गर्नेमा युवती धेरै, हेर्नुहोस कसले कति गरे



हाम्रो इकोनोमि

काठमाडौँ । धेरै कम उमेरमा विवाह गर्ने र शिशु जन्माउने सङ्ख्यामा अझै पनि कमी आउन सकेको छैन ।
सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा प्रभावकारी भएको पाइएको छैन । सरकारी तथ्याङ्कानुसार १५ देखि १९ वर्ष उमेर समूहका १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् । त्यसैगरी १५ देखि ४९ वर्षसम्मका व्यक्तिले जुनसुकै परिवार नियोजनका साधन अपनाएको दर ५० प्रतिशत रहेको र आधुनिक मात्रै प्रयोग गर्नेको ४७ प्रतिशत र प्रयोग नगर्ने तीन प्रतिशत छन् । कम उमेरमा विवाह गर्ने किशोरकिशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ ।

सन् २०१४ को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसिएस) को नतिजानुसार कम उमेरमा बिहे गरेका किशोरकिशोरीले परिवार नियोजनका साधनको प्रयोगदर निकै कम रहेको पाइएको छ । परिवार स्वास्थ्य महाशाखाका अशेष रेग्मी कम उमेरमा बिहे गरेका किशोरकिशोरीलाई परिवार नियोजनको साधन प्रयोग गर्न अभिप्रेरित गरी आमा र शिशुको जीवनरक्षा गर्नुपर्ने बताउछन् ।

किशोरी अवस्थामा गर्भका कारणले हुने मातृ मृत्युदर २० वर्षभन्दा माथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने उहाँको भनाइ छ । नेपालका १७ जिल्लामा अझै पनि परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रेग्मीका अनुसार नेपालमा १० देखि १८ वर्षसम्मका २५ प्रतिशत अर्थात् ६४ लाख किशोरकिशोरी छन् । तीमध्ये धेरैले १८ वर्षका उमेरमा पहिलो पल्ट शारीरिक सम्पर्क हुने भए पनि गर्भनिरोधक साधनको कम प्रयोग गर्ने गरेका छन् । “उनीहरुमा कसरी यौनिकता शिक्षा दिन सकिन्छ, यस विषयमा महाशाखाले काम गरिरहेको छ, उनीहरुलाई सुरक्षित शारीरिक सम्बन्धलगायत उमेर पुगेपछि मात्र विवाह गर्नेबारे अझै जानकारी दिन आवश्यक छ ।”

परिवार स्वास्थ्य महाशाखाका अनुसार नेपालमा अहिले पनि १५ देखि ४९ वर्ष उमेर समूहका महिला कुनै पनि परिवार नियोजनको साधनको जानकारीबाट वञ्चित छन् । उनले भने , “जुनसुकै उमेर समूहका हरेक मानिसलाई यौनिकता शिक्षा दिन आवश्यक छ किनकि यसबाट गाउँ गाउँका मानिसलाई यसबारे रहेको भम्र तोड्न सकिन्छ ।”

किशोरकिशोरीले परिवार नियोजनको साधन प्रयोगबारे जनचेतना दिनसकेमा किशोरीवस्थामा हुन सक्ने गर्भ रोकी त्यसबाट हुने मृत्युलाई रोक्न सकिने, अनिच्छित गर्भ रोकी गर्भपतन गराउनपर्ने अवस्थालाई कम गर्न सकिने र शिक्षा र अन्य प्रगतिमा हुने बाधा कम गर्न सघाउ पुग्ने लगायतको फाइदा पुग्ने भएकाले परिवार नियोजन अभियानलाई परिष्कृत गर्दै लानुपर्ने सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदी बताउछन् ।

सरकारले परिवार नियोजनसम्बन्धी पाँचवर्षीय कार्ययोजना (२०१५–२०२०) मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ । विभिन्न सर्वेक्षणानुसार साधनको माग विशेषगरी किशोरी, प्रसूति, दुर्गम र गरिबमा बढिरहेको देखाएको छ । करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको छ । तस्बिर मोड्लिंगमा आधारित

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...