कांग्रेसको समाजवाद बिपीसँगै सकियोः पाण्डे



हाम्रो इकोनोमि

 पाल्पा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमाले आर्थिक समृद्धिको बाटोतर्फ उन्मुख हुँदै समाजवादतर्फ अघि बढ्न चाहेको बताउनुभएको छ ।

पाल्पाको रामपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘बिपीले कांग्रेस सरकारमा गयो भने एउटा किसानलाई सम्झना गर्न र छेउको गोठमा एउटा गाई भएको सम्झ भनेका तर अहिले कांग्रेसले बिपीको उपदेशलाई कुनै माध्यमबाट लागू गरेको छैन,’ पाण्डेले भन्नुभयो, ‘धेरैपटक यो देशमा कांग्रेसीहरु मन्त्री भए ।

डा. रामशरण महत मन्त्री भए, जब उनी मन्त्री भए त्यो बेला जनतालाई दिने सबै सेवा सुविधा कटौटी भए, किसानलाई दिएको राहत कटौटी गरिदिए ।’ पाण्डेले मजदुरले पाउने राहत पनि कटौटी गरिएको आरोप लगाउनु भयो । ‘म अर्थमन्त्री हुँदा फेरि शुरु गरेँ,’ पाण्डेले भन्नुभयो, ‘अहिले धेरै ठाउँमा किसानलाई अनुदान दिइएको छ । कृषि लगायत अन्य धेरै क्षेत्रमा अनुदान उपलब्ध छ ।’ ‘यो सबै नेकपा एमालेले गरेको हो, यसले अझै पुग्दैन भनेर बढाउने काममा एमाले लाग्नेछ,’ उहाँले थप्नुभयो, ‘एमालेले अझै धेरै राहतका कार्यक्रम ल्याएर छिमेकी देशको किसानको तुलनामा सक्षम बनाउने योजना लिएको छ ।’ ‘कांग्रेसले त्यो काम गर्दैन ।कांग्रेसको समाजवाद चुनावमा मात्र सीमित छ,’ पाण्डेले भन्नुभयो, ‘काँग्रेसको समाजवाद बिपीसँगै मरेर गइसक्यो ।’

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...