अपहरणमा संलग्न बिप्लबका चार भाई खोरमा



हाम्रो इकोनोमि

काठमाडौँ । जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै सो समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए । रामेछाप जिल्ला मन्थली आकासे घर भई हाल काठमाडौँ, नयाँ बसपार्कस्थित तनहँु स्याङ्जा पर्वत होटलमा विगत नौ महिनादेखि कोठा लिई श्रेष्ठ बस्दै आएका थिए ।

अपहरणपश्चात अपहृत व्यक्तिको डकुमेन्ट लिन तनहुँ स्याङ्जा पर्वत होटलमा अपहरणकारीले लगेको अवस्थामा श्रेष्ठलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सकुशल अपहरणमुक्त गर्नुका साथै अपहरणमा संलग्न शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको थियो ।

अपहृत कविता दाहाललाई बागबजारस्थित सो पार्टीको सङ्गठन, राष्ट्रिय युवा जनस्वयम्सेवकको कार्यालयमा बन्धक बनाई राखेर अन्य स्थानमा भगाई लाने क्रममा महाशाखाको प्रहरी टोलीले प्रदर्शनीमार्गबाट उद्धार गरी अपहरणमा संलग्न अन्जु देउला महर्जन र अन्जु भारतीलाई शनिवार नै पक्राउ गरेको हो ।

अपहरण कार्यमा संलग्न चारैजनालाई आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...