तेस्रो चरणको निर्वाचन तत्काल गर्नुपर्ने माग



काठमाण्डौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएको छ ।

सूर्योदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उहाँको भनाइ छ ।

नेता खनालले इलामको पर्यटकीयस्थल, सम्भावनायुक्त र आर्थिक समृद्धि हुने क्षेत्र भएकाले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्