कांग्रेस माओवादी निर्वाचनबाट भागे



हाम्रो इकोनोमि

नेकपा (एमाल)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनदेखि डराएर नेपाली काँग्रेस र माओवादीले निर्वाचन सारेको वताउनुभएको छ । सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता नेपालले भन्नुभयो,‘अहिलेको राजपा र पहिलेको मधेशी मोर्चा त वहाना मात्रै हो, चुनाव सारिनुको मुख्य कारण काँग्रेस र माओवादीको पराजित मानसकिता हो ।’ राजपा यथास्थितिमा निर्वाचनमा नआउने वताइरहेको र उसले नयाँ मितिका लागि आफ्नो सहमति नरहेको जनाएकाले पनि निर्वाचन सार्नुका पछाडि पराजयको डर बाहेक अरु कारण नभएको पूर्वप्रधानमन्त्री नेपालले वताउनुभयो । उहाँले भरतपुरको मतगणना प्रसंग जोड्दै पराजय हुन लागेपछि माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको वताउनुभयो । कांग्रेसले देशको अर्थतन्त्र सखाप पारेको आरोप लगाउँदै नेता नेपालले भन्नुभयो,‘कांग्रेसको पेटको अपरेशन गर्नुस् त्यहाँ देशका धेरै उद्योग तथा कलकारखाना देख्नु हुनेछ ।’ धनगढीबाट सिधै धरानको चुनावी सभामा सहभागी हुन आउनुभएका नेता नेपालले धरानमा माओवादी पत्तासाप हुने आधार प्रस्तुत गर्नुभयो । ७९ हजार मतदाता रहेको धरानमा एमालेले धरानका चोकचोकबाट जुलुस निकालेको थियो । एमालेले धरानको भानुचोकमा भव्य सभा गर्योे ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...