उपलब्ध अनुदान कटौती हुनथालेपछि विद्यालय समस्यामा



हाम्रो इकोनोमि

काठमाण्डौं । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् ।

प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो ।

चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताउनुभयो ।

“शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो”, प्रअ भण्डारीले भन्नुभयो – “चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।”

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिनुभयो ।

“विगतमा आवको अन्तमा अनुदान आउने गरेको थियो”, थापाले भन्नुभयो – “यसपालि अनुदान नै कटौती भएको जानकारी आएको छ । दरबन्दी नभएका आधारभूत र माध्यमिक विद्यालयलाई समस्या भएको छ ।”

गत आव २०७२÷७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा रु ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन् । नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...