इलामका सभामा केन्द्रीय नेताको लस्कर



 इलाम/ इलाम स्थानीय तहको निर्वाचन हुने दिन आउन चार दिन बाँकी छँदा इलाममा चुनावी माहोल ह्वात्तै बढेको छ ।

राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा गाउँ÷गाउँ पसेका छन् । गाउँ पुगेर उनीहरुले नागरिकलाई चुनावबारे जानकारी गराउँदै आफ्नो पक्षमा मत माग्न थालेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विगत एक सातादेखि नै विभिन्न गाउँपालिकामा भएका चुनावी सभामा व्यस्त छन् । पार्टीका स्थानीय नेता–कार्यकर्तासँग बाक्लो भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरिरहेका छन् ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका वरिष्ठ नेता इलाम क्षेत्र नं.– १ बाट तथा एमालेका नेता नेम्वाङ निर्वाचन क्षेत्र–२ बाट विजयी भएका थिए । दुबै नेताले चुनावी गतिविधिलाई तिव्रता दिएको छ ।

चुनावमा भाग लिन नागरिकलाई आग्रह गर्दै जिल्लादेखि नगर, गाउँ र वडा कमिटी सबैलाई परिचालन गरिएको एमाले जिल्ला सचिव महेश बस्नेतले बताए ।

यसैगरी नेपाली काँग्रेसका जिल्ला तहका नेता–कार्यकर्ता यतिबेला चुनावी चटारो लिएर गाउँ पुगेका छन् । जिल्ला सभापति तथा इलाम नगरपालिकाका प्रमुखका उम्मेदवार हिमालय कर्माचार्यसहितका नेता÷कार्यकर्ता गाउँ–गाउँ पुगेर मतदातासँग साक्षात्कार गरिरहेको काँग्रेस जिल्ला सचिव निरोज खड्गीले बताउए ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि