तीन अर्बको शेयर कारोबार



हाम्रो इकोनोमि

काठमाडौँ । धितोपत्र बजारमा यससाता रु दुई अर्ब ९६ करोड १९ लाख २० हजार बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६४ कम्पनीको ५२ लाख ९२ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव शुन्य दुई प्रतिशतले कम रहेको छ । गत साता १६१ कम्पनीको ४९ लाख आठ हजार ६० कित्तासेयर रु दुई अर्ब ९६ करोड २५ लाख २२ हजारमा खरिद बिक्री भएको थियो ।

स्टककाअनुसार यस साता ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङकले घटेर ३३० दशमलव ९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ३० करोड छ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थनामा रहेको छ । सो बैंकको सात लाख ८० हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता विभिन्न ६ कम्पनीका बोनस र हकप्रद सेयर स्टकमा सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...