धमाधम माडेका उद्योग जल्दै,राज्यलाई तिनैले कर छल्दै



काठमाडौँ / हप्तादिन पहिले भक्तपुरको यति कार्पेटमा भीषण आगो लाग्यो,अरबौको क्षति भएको समाचार आयो।आगो लाग्नु र क्षति हुनु दुख पक्ष हो तर पछिल्ला दिनमा चलाखी गरेर डुब्दै गएका उधोगमा बडी आगो लाग्न थालेको अर्थ मन्त्रालयका एक जना उपसचिबले बताए । बिमा र क्षतिपुर्ती बापतको रकम उधोग चलाउन लिएको ऋण भन्दा धेरै हुने भएपछी उधोगमा आगो लाग्ने गरेको पाइएको छ। आजै मात्र पनि बिराटनगरमा आगो लागेको छ उद्योगमै।
राज्यलाइ तिर्नु पर्ने कर नतिर्न पनि कतिपयले आफै जानाजान आगो झोस्ने गरेका छन् । माडवारीले चलाएका उधोगमा मात्र आगो लाग्नुले शंका जन्माएको छ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पर्ने प्लाई उद्योगमा आज विहान आगलागी भएको छ।बुढीगङ्गा गाउँपालिका वडा नम्बर पाँच हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा आगलागी भएको हो। बिहान साढे तीन बजे सुरु भएको आगलागी मध्याह्न साढे १२ बजेसम्म पनि नियन्त्रणमा आएको छैन । उद्योगका सञ्चालक दिवाकर राठीले विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए।

आगलागीबाट कारखानाको ६० प्रतिशतभन्दा बढी भाग नष्ट भइसकेको छ। कारखानाभित्र रहेका अधिकांश मेसिन जलेका छन् ।
‘अहिले कच्चा सामग्रीको बफर स्टोक गर्ने सिजन नै हो, त्यसैले कच्चा सामग्रीको भण्डारण धेरै थियो’, सञ्चालक राठीले भने, ‘यसबाहेक तयारी र अर्धतयारी सामग्री पनि आधाभन्दा बढी ध्वस्त भएको छ।’
प्लाईको मुख्य कच्चा सामग्री उत्तिसका मुढा हुन्। प्लाईउडको उत्पादकका रूपमा स्थापित यो उद्योग आठ वर्षदेखि सञ्चालित छ ।

आगलागी नियन्त्रण गर्न विराटनगर उपमहानगरपालिकाका तीनसहित ११ वटा दमकलको प्रयोग गरिएको छ। मेचीको काँकडभिट्टा, दमक र भद्रपुर, सुनसरीको इटहरी, इनरुवा र धरान, सप्तरीको राजविराज र मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा