धमाधम माडेका उद्योग जल्दै,राज्यलाई तिनैले कर छल्दै



हाम्रो इकोनोमि

काठमाडौँ / हप्तादिन पहिले भक्तपुरको यति कार्पेटमा भीषण आगो लाग्यो,अरबौको क्षति भएको समाचार आयो।आगो लाग्नु र क्षति हुनु दुख पक्ष हो तर पछिल्ला दिनमा चलाखी गरेर डुब्दै गएका उधोगमा बडी आगो लाग्न थालेको अर्थ मन्त्रालयका एक जना उपसचिबले बताए । बिमा र क्षतिपुर्ती बापतको रकम उधोग चलाउन लिएको ऋण भन्दा धेरै हुने भएपछी उधोगमा आगो लाग्ने गरेको पाइएको छ। आजै मात्र पनि बिराटनगरमा आगो लागेको छ उद्योगमै।
राज्यलाइ तिर्नु पर्ने कर नतिर्न पनि कतिपयले आफै जानाजान आगो झोस्ने गरेका छन् । माडवारीले चलाएका उधोगमा मात्र आगो लाग्नुले शंका जन्माएको छ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पर्ने प्लाई उद्योगमा आज विहान आगलागी भएको छ।बुढीगङ्गा गाउँपालिका वडा नम्बर पाँच हात्तीमुढास्थित ग्रिन प्लाई उद्योगमा आगलागी भएको हो। बिहान साढे तीन बजे सुरु भएको आगलागी मध्याह्न साढे १२ बजेसम्म पनि नियन्त्रणमा आएको छैन । उद्योगका सञ्चालक दिवाकर राठीले विद्युत् सर्ट भएर आगलागी भएको जानकारी दिए।

आगलागीबाट कारखानाको ६० प्रतिशतभन्दा बढी भाग नष्ट भइसकेको छ। कारखानाभित्र रहेका अधिकांश मेसिन जलेका छन् ।
‘अहिले कच्चा सामग्रीको बफर स्टोक गर्ने सिजन नै हो, त्यसैले कच्चा सामग्रीको भण्डारण धेरै थियो’, सञ्चालक राठीले भने, ‘यसबाहेक तयारी र अर्धतयारी सामग्री पनि आधाभन्दा बढी ध्वस्त भएको छ।’
प्लाईको मुख्य कच्चा सामग्री उत्तिसका मुढा हुन्। प्लाईउडको उत्पादकका रूपमा स्थापित यो उद्योग आठ वर्षदेखि सञ्चालित छ ।

आगलागी नियन्त्रण गर्न विराटनगर उपमहानगरपालिकाका तीनसहित ११ वटा दमकलको प्रयोग गरिएको छ। मेचीको काँकडभिट्टा, दमक र भद्रपुर, सुनसरीको इटहरी, इनरुवा र धरान, सप्तरीको राजविराज र मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...