महानगर शीर्ष नेताको कमाण्डमा



हाम्रो इकोनोमि

विराटनगर । विराटनगर महानगरपालिकाको जितहारलाई पार्टीकै प्रतिष्ठासँग जोडेर हेरिरहेका राजनीतिक दलले चुनावी कमान्डमा शीर्ष नेतारु नै खटिएका छन् । मिश्रित बसोवास रहेको र बलियो जनाधार नभएकाले चुनावमा प्रभाव पार्न दलहरूले शीर्ष नेतालाई चुनावी अखडामा उतारेका हुन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा विराटनगर क्षेत्रमा पनि पर्ने मोरङका क्षेत्र नम्बर ५, ६ र ७ मा कांग्रेस विजयी भएको थियो । यही आधारमा नेपाली महानगरमा आफ्नो बलियो उपस्थिति रहेको दाबी गरे पनि चुनावी दौडाहामा चार केन्द्रीय नेतालाई खटाएको छ । कांग्रेसबाट मोरङको कमान्डर तोकिएका नेता विमलेन्द्र निधिले शुक्रबारदेखि चुनावी कमान्ड सम्हालिरहेका छन् । उनले शुक्रबार आधादर्जन चुनावी सभामा सहभागि भए । कांग्रेसकै नेता शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजाल सातादेखि नै विराटनगरका कांग्रेसी उम्मेदवारसँगै घरदैलोमा व्यस्त रहेका छन् ।

१ लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर महानगरमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रबीच भने मेयर र उपमेयरमा तालमेल भएको छ ।

कांग्रेसबाट मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की उम्मेदवार छन्  भने  एमालेबाट मेयरमा विनोद ढकाल र उपमेयरमा नेपाल लोकतान्त्रिक फोरमकी सुची चौधरी उम्मेदवार बनेका छन् ।

नेपालको राजनीतिमा लामो इतिहास बोकेको र कोइराला परिवारको विरासतसँग गाँसिएको विराटनगर महानगरपालिका जित्ने दाउमा सबै दल छन् । शनिबार दुवै गठबन्धन एमाले–लोकतान्त्रिक फोरम र माओवादी केन्द्र–संघीय फोरमले शीर्ष नेताको उपस्थितिमा चुनावी सभा गर्दैछन् । एमाले–लोकतान्त्रिक फोरम गठबन्धनको सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहभागी हुँदैछन् ।

उम्मेदवार मनोनयनअघिदेखि विराटनगरमै रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार बिहीबार काठमाडौं फर्किए पनि शनिबार बिहान फेरि विराटनगर आउने कार्यक्रम छ । गृह जिल्ला झापामा चुनावी अभियानमै सक्रिय एमाले अध्यक्ष ओली शनिबार मोरङ पस्दैछन् । एमाले मोरङका नेता ओसिम आलमका अनुसार ओली बिहान मोरङको उर्लाबारी र बेलबारीमा चुनावी सभामा सहभागी हुँदै अपराह्न विराटनगर आइपुग्नेछन् ।

‘हाम्रो गठबन्धनको विराटनगरमा आयोजना गरिएको चुनावी सभालाई ओलीले सम्बोधन गर्नेहुनेछ,’ नेता आलमले भने, ‘मतदातासित भेटघाट र कुराकानी पनि गर्नुहुनेछ ।’ मनोनयनअघिदेखि नै विराटनगरको कमान्ड एमाले नेता लालबाबु पण्डितले सम्हालिरहेका छन् । एमाले महासचिव ईश्वर पोखरेल बिहीबार र शुक्रबार उम्मेदवारसँग घरदैलोमा व्यस्त भए । अर्का नेता सुरेन्द्र पाण्डेले पनि मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदार अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक पार्टीले विराटनगर क्षेत्रमा दोस्रो बढी मत पाएको थियो । एमालेले त्यही मत तान्न पनि गच्छदारको पार्टीसँग तालमेल गरेको हो ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि एक सातादेखि विराटनगरमै खटिरहेका छन् । गृहनगरमा पडक बलियो बनाउन नेता यादवले माओवादी केन्द्रसँग तालमेल गरेका हुन् । फोरमबाट मेयरमा उमेश यादव र उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपाने उम्मेदवार छन् । शनिबारको चुनावी सभामा यादवसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि सहभागिता रहने फोरम मोरङका अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...