नारायणगढ मुग्लिन सडक आज दिनभर बन्द



हाम्रो इकोनोमि

काठमाण्डौं । नारायणगढ मुग्लिन सडक खण्ड आज दिनभर पनि खुल्ने बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सो सडक हुँदै ओहर दोहर गर्ने गाडीहरुलाई वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ । सो सडकको चार किलो र कालिखोलामा गएको पहिरोका कारण रातिदेखि नै बाटो अवरुद्ध भएको हो ।

कालिखोलामा पहिरोले प्रहरीको भ्यानसमेत पुरेको छ । भ्यानमा रहेका चारजना प्रहरीमध्ये दुईजनाको शब फेला परेको छ । बाँकी दुईजनाको अवस्था अज्ञात छ । सडकदेखि तल त्रिशुली नदी किनारसम्मै पहिरो खसेको छ । ‘पहिरोमा हराई रहेको गाडी र प्रहरीहरु हुन सक्ने भएका कारण सिधै त्रिशुली तर्फ सडकमा थुप्रिएको माटो फाल्न पाईएको छैन ।

सडकमा थुप्रिएको माटो र ढुंगाहरु ट्रिपरमा राखेर अन्यत्र लैजाँदै फाल्नु परेका कारण पहिरो हटाउन समय लाग्ने आयोजानका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले बताए । चार किलोमा भने पहिरो सफा गर्ने काम सकिन एकाध घण्टा मात्रै लाग्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको महेन्द्र पिकअप भ्यानमा चढेर प्रहरीहरु बिहीबार राति चार किलोमा भएको पहिरो खुलाउन गएका थिए ।

पहिरो सफा गरेर एक बजे मुग्लिन फर्कदै गर्दा कालिखोला नजिक अर्कै पहिरोमा परेर उनीहरु चढेको गाडी वेपत्ता भएको हो । प्रहरीको भ्यानसँगै ना ५ ख ७८२७ नम्बरको मालबहाक ट्रक पनि पहिरोमा परेको थियो । सो ट्रक त्रिशुली नदी किनारमा पुगेको छ । चालक रामकुमार लामाको अवस्था सामान्य छ । सहचालक सानु ब्लन घाइते छन् । उनको अवस्था मध्यम छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...