एनसेलले ल्यायो सस्तो प्याक, साढे २ रुपैयाँ प्रतिमिनेटमा २० मुलुकमा कल गर्न सकिने



हाम्रो इकोनोमि

काठमाडौंं । एनसेलको उत्कृष्ट प्याक योजना अर्तगत एनसेलका ग्राहक तथा प्रिपेड ग्राहकले विश्वका २० मुलुकमा साढे प्रतिमिनेटमा कुरा गर्न सकिने योजना ल्याएको छ । यो योजना आज शुक्रबारबाट लागु हुनेछ ।

कल प्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित २५ रुपैयाँमा १० मिनेट अन्तर्राष्ट्रिय टक टाइमबाट फाइदा लिन सक्नेछन् ।

यो टक टाइममा ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।

कम्पनीको उक्त योजना अन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

यस इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुने कम्पनीले जनाएको छ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ । ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्ट्रिक्स १०१ ह्यास डायल गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...