प्रतिभै प्रतिभाले भरिएकी सिर्जना



हाम्रो इकोनोमि

काठमाण्डौं ।  सुन्दर र बहुप्रतिभाकी धनी २१ बर्षिय सिर्जना लामा १ बर्ष अगाडीबाट मात्र म्युजिक भिडियोमा अभिनय गर्न थालेकी हुन् । उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। सानै देखी नित्यमा रुचि भएकी उनको अभिनयले धेरैको मन लोभ्याएको छ।

धादिङको बेलटारमा जन्मिएकी उनले चोखो माया, टेस्टी दर चाहीयो, हङकङ सारी फरर पारी, नजानेर गल्ती गरें, कलीयुगको चोखो माया जस्ता म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी डान्स प्रशिक्षक पनि हुन् । धादिङकै पाविल बोडिङ स्कुलमा विद्यार्थीलाई नाच्न सिकाउँछिन्।

परिवारको पुर्ण समर्थनमा यो क्षेत्रमा लागेकी उनले म्युनिक भिडियोमा अभिनय मात्र नभएर फेसन डिजाईनर पनि हुन् । उनी मेला नामक फिल्ममा नायिकाको सहागोगी भुमिकामा पनि छिन् । मेला फिल्मको फेसन डिजाईनर उनी आफैं हुन्।

ब्याचलर दोस्रो बर्षमा अध्ययनरत लामा अहिले ”तातो माथि पिरो” टेलीश्रृखलाको काममा व्यस्त छिन् । हरेक काम गर्दा परिवारको साथ र सहयोग भएमा मात्र अगाडि बढ्न सकिने बताउने लामा यही क्षेत्रबाट नै आफु सन्तुष्ट रहेको बताउँछिन् । उनी  भन्छिन् – ”म्युजिक भिडियो र टेलीश्रृखलामा अभिनय गरेर नै आफ्नो भविष्य अगाडी बढाउन चाहन्छु ।”

रमिला खतिवडा

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...