भीम रावल र रमेश लेखक बीच चर्काचर्की



हाम्रो इकोनोमि

महेन्द्रनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा महाकाली नदीमाथि बन्ने पुलको विषयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकबीच वाकयुद्ध शुरु भएको छ ।

केही दिनअघि दोधाराचाँदनीमा आयोजित चुनावी सभामा एमाले उपाध्यक्ष भीम रावलले महाकाली नदीको पुल एमालेले निर्माण गरेको बताएका थिए । त्यहि विषयलाई लिएर मन्त्री रमेश लेखकले उपाध्यक्ष रावलको उछितो काढ्न थालेका छन् । भीमदत्त नगरपालिका–१२ ऐरी चौराहमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले झुठ बोलेर एमालेले जनतालाई झुक्याइरहेको आरोप लगाएका हुन् ।

‘भीम रावलले दोधारामा स्कूले विद्यार्थी जम्मा गरेर महाकालीको पुल आफूहरूले बनाएको भन्नु भएछ,’ लेखकले भने, ‘काठमाडौं फर्किएपछि उहाँसँग तपाई कहिले सडक र पुल बनाउने मन्त्री हुनुभयो रु स्मरण गराई दिनुस् त भन्छु ।’
नेता लेखकले आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा पुल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजनसँगै पूल निर्माणको प्रक्रिया अघि बढेकोे बताएका छन् ।

साउन महिनाभित्रै पुल निर्माणका लागि ठेकेदार कम्पनी तय हुने र आगामी कात्तिक महिनाभित्रै शिलान्यास गरिने लेखकले दाबी गरे । ‘३ वर्षभित्रै पुल निर्माण सम्पन्न होस् भनेर रातो किताबमा १ करोड विनियोजन भएको छ,’ लेखकले भने ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...