घर दैलो गर्दै गर्दा कांग्रेस उम्मेदवारको निधन



मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार÷पाँच दिनदेखि नै बिरामी रहेको र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको सो वडामा काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका जङ्ग तामाङले जानकारी दिए ।

विसं २०४६ देखि नै नेपाली काँग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि थिए । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने बताए छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले कोशी प्रदेशको चुनाव : पदाधिकारीमा प्यानल नै बनाएर उम्मेदवारी

      नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई