बम हमलामा २९ जनाको मृत्यु, ६६ घाईते



हाम्रो इकोनोमि

काठमाण्डौं । अफगानिस्तानस्थित हेलमन्ड प्रान्तको राजधानी लस्कार्घस्थित न्यु काबुल बैंकको शाखा बाहिर बाहीर आतंकवादीले शक्तिशाली बम विस्फोट गराउँदा कम्तिमा पनि २९ जना मारिएका छन् ।

यो घटनामा अन्य ६६ जना घाइते हुन पुगेका छन् । प्रान्तीय गभर्नर उमर जवाकका प्रवक्ताले बताए अनुसार आतंकवादीहरूले बैंक बाहिर कारबाट आत्मघाती हमला गरेका हुन् ।

उनका अनुसार हमलामा घाइते मानिसलार्इ अस्पतालमा भर्ना गरिएको छ । गृहयुद्धको आगोमा जलिरहेको अफगानिस्तान भएको यस हमलाको जिम्मेवारी अहिलेसम्म कुनै संगठनले लिएको छैन ।

मामिलाको जाँच पनि सुरू गरिएको छ । समाचार अनुसार आतंकवादीहरूले सुरक्षाकर्मीको तलब निकाल्ने काममा बाधा गर्नका लागि बैंकलार्इ निशाना बनाएका हुन् ।मृतक र घाइतेको संख्यामा वृद्धि हुन सक्ने बताइएको छ। घटनापछि बैंकका सुरक्षा गार्डले पनि गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...