लुटको धनमा फुपुको श्राद्द गर्दै मेयर र उपमेयर



काठमाडौँ/ मुलुककै पुरानो त राजधानी भएको काठमाडौँ महानगरका जनप्रतिनिधी अनाबश्यक कामम तल्लिन हुन थालेका छन। चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थाले पछि चौतर्फी आलोचना हुन् थालेको छ।महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि मोबाइल फोन किन्ने निर्णय गरेको पाइएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

 

नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरका हकमा आफ्नै हात जगन्नाथ भने झैँ मन लाग्दो मोबाइल किनेर त्यसको बिल महानगरमा बुझाउनु पर्ने छ । निजी प्रयोगका लागि चाहिने सामग्री महानगरको पैसामा किन्न थाले पछि आलोचना हुनु स्वाभाविक हो। महानगरका कर्मचारी ज्ञानेन्द्र बहादुर कार्कीले उचालेकै भरमा यस्तो निर्णय भएको त्यहाका कर्मचारीले बताए।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि