एमालेलाई पेलियो र सत्ताबाट लखेटियो



हाम्रो इकोनोमि

काठमाण्डौं । इलाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै  पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सत्ताबाट जबर्जस्ती लखेटिएको आरोप लगाउनुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए भन्नुभयो ।

सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भएको उहाँले बताउनुभयो । भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतले नाकाबन्दी लगाउँदासमेत एमालेको सरकारले सामना ग¥यो, एमाले भारतसँग कहिल्यै झुकेन । दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उहाँले जनता एमालेकै पक्षमा रहेको जिकिर गर्नुभयो ।

राजपाको बहाना बनाएर निर्वाचन पछि धकेलेको उहाँले बताउनुभयो । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका सयजना भन्दा बढीलाई पार्टीमा स्वागतसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...