तलब घटेपछि देउवा भेट्दै कर्मचारी



काठमाडौँ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् ।

सरकारी कर्मचारीको खाइपाइ आएको तलबको १० प्रतिशत रकम पेन्सन कोषमा जम्मा गर्नुपर्ने भएपछि कर्मचारीको तलब १० प्रतिशतले घट्ने भएको छ ।

तलब घट्ने भएपछि विभिन्न सङ्घ÷सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँलगायतका सङ्घ-सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा पनि सरकारी कर्मचारीको मुख्य भूमिका भएको हुुँदा जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले कर्मचारीले राखेका जायज मागलाई आफूले सम्बोधन गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम