प्रतिभाको बहुमुखी विलक्षणकी त्रिबेणी रमिता



हाम्रो इकोनोमि

काठमाडौँ / आकर्षक शरीर,लोभ लाग्दो प्रतिभा,उत्तिकै मेहनत,त्यै प्रकारको लगनशीलताले बनेको गहकिलो परिचय। बहुमुखी प्रतिभाको प्रदर्शन र प्रगतिको त्रिबेणीले गहकिलो परिचयलाई अझ फराकिलो पार्न अहोरात्र खटिदै लक्ष्यमा पुग्न निरन्तर लागिरहनेको नाम हो रमिता भण्डारी। केहो माया नामक गीतले उनको परिचयलाई सगरमाथाको उचाई हराहारिकै ठाउमा पुर्याउने चेष्ठा दिदैछ ।

मोडलिङ्ग,गायन र कोरियोग्राफीलाइ एकै साथ हाक्दै आएकी उनको पहिलो रोजाई पछिल्ला दिनमा गायननै हो तर उनले मोडलिङ्गलाइ पनि माया मारेकी छैनन् । तँ चिता म पुर्याउछु भने झैँ उनको यतिबेला आफ्नै कम्पनी छ ।पहिले अरुको म्युजिक भिडियोमा समय दिने उनलाई अचेल आफ्नैमा काम गर्न भ्याईनभ्याई छ।उनी सोलो एल्बमको तयारीमा पनि जुटेकी छिन, जुन तेश्रो हुनेछ।

सानै देखी कला क्षेत्रमा रम्ने र जम्ने सोच बनाएकी उनले अल नेपाल ट्यालेन्ट प्रतियोगितामा भाग लिने मौको पाइन् सन् २००२ मा। त्यहाँ उनको प्रस्तुति अरुलाई चक्मा खुवाउने खालको थियो। उनले बेस्ट मोडेलको उपाधी पनि पाइन्,हो त्यही बाट उनको प्रतिभा निरन्तर जागिरहेको छ। उनी यतिबेला अरुको प्रतिभा जाच्ने अरुलाई अवसर दिने ठाउमा पुगेकी छन्,उनी सफल कलाकार, मोडल र गायिका मात्र नभएर असल समाजसेवीका रुपमा पनि दरिएकी छिन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...