निर्वाचन केन्द्रित सुरक्षा परिषद्को बैठक



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ।

बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा आज परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिनुभयो ।

निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न लागेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री कार्की, गृहमन्त्री जनार्दन शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...