निर्वाचन केन्द्रित सुरक्षा परिषद्को बैठक



काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ।

बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा आज परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिनुभयो ।

निर्वाचनमा सर्वसाधारणले स्वतन्त्रतापूर्वक मतदान गर्नसक्ने वातावरणको सिर्जना गर्ने र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

निर्वाचनको विषयमा आवश्यक निर्णय गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्न लागेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री कार्की, गृहमन्त्री जनार्दन शर्मा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम