बुटवलमा कांग्रेस-माओवादी तालमेल, एमालेले जित्ने पक्का



काठमाण्डौं । पाँच नम्बर प्रदेशको राजधानी हुन सक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्।

रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो। यो क्षेत्रबाट एमालेका उपमहासचिव विष्णु पौडेल दुवै चुनावमा कांग्रेस उम्मेदवारलाई हराएर निर्वाचित भएका थिए।

२०५४ को स्थानीय निर्वाचन पनि जितेकाले एमालेले बुटवललाई आफ्नो ‘किल्ला’ ठान्छ। एमालेको त्यही ‘किल्ला’ तोड्न कांग्रेसले यसपालि माओवादी केन्द्रसँग तालमेल गरेको छ। मेयर र उपमेयरमा माओवादीसँग मिलेको कांग्रेसले केही वडामा भने राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि गठबन्धन गरेको छ।

कांग्रेससहित तीन दल एकातिर भए पनि देशका अन्य सहरमा विभिन्न पार्टीसँग तालमेल गरेको एमाले बुटवलमा एक्लै चुनावी मैदानमा ओर्लिएको छ। आफ्नो ‘किल्ला’ जोगाउन एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवलको मेयर बन्ने दौडमा छन्। उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन बुटवल नगरपालिका- ९ को सदस्यमा निर्वाचित भएका थिए।

मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदी गत असोजमा एमाले रुपन्देहीका अध्यक्ष बनेका थिए। बलियो संगठन, इमानदार र जुझारु कार्यकर्ता भएकाले बुटवलको मेयर आफूले जित्ने सुवेदीको दाबी छ।

‘प्रदेश नम्बर ५ मा रहेको पहाड र तराई अलग हुनै सक्दैन, त्यसलाई अलग गर्नु भनेको मानिसको शरीरबाट टाउको अलग गरे जस्तै हो भन्ने यस क्षेत्रका तमाम मतदाता र सर्वसाधारणको भावना छ, त्यही भावनाको नेतृत्व गरेका कारण पनि यस क्षेत्रका मतदाताले एमालेलाई मतदान गर्ने छन्,’ सुवेदी भन्छन्, ‘बुटवलको विकास गर्ने यहाँका भूमिहीन सुकुम्वासीको भावना बुझ्ने एमाले मात्र हो भन्ने आम मतदातालाई थाहा छ।’

अधिकांश सुकुम्बासी बस्ती रहेको वडा नं. ११ जुनसुकै राजनीतिक दललाई जिताउने निर्णायक वडा बन्दै आएको छ। अहिलेसम्मका निर्वाचनमा एमालेले पकड जमाउँदै आएको उक्त वडामा मात्र ११ हजार ६ सय १९ मतदाता छन्।

अरु ४र५ वडा भन्दा वडा नं. ११ एउटैमा धेरै मतदाता रहेको र यही वडा नै उम्मेदवारलाई जिताउने र हराउने निर्णायक बन्ने भन्दै सबै उम्मेदवारको ध्यान यहाँका मतदाताको मन जित्नेतर्फ केन्द्रित बनेको छ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम