स्थानीय निर्वाचनमा शीर्ष नेताहरु को कहाँ



हाम्रो इकोनोमि

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले, कांग्रेस,माओवादी, राप्रपालगायतका शिर्षस्थ नेताहरु आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रियता जनाईरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले चुनावी कार्यक्रममै गृह जिल्ला दाङमा रहेका छन् । यस्तै बरिष्ठ नेता झलनाथ खनालर सुवास नेम्वाङ इलाममा रहेका छन् । हर्का वरिष्ठ नेता माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रममा रहेका छन् भने पार्टी उपाध्यक्ष उपाध्यक्ष वामदेव गौतम प्युठानमा रहेका छन् ।

अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने बताईएको छ । कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त रहेकी छिन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...