‘१८२५ दिनमा काठमाडौंलाई नमूना महानगर बनाउँछौं’



नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं महानगरपालिकाको उपमेयर हुन् । लामो राजनीतिक यात्रापछि नेपाली कांग्रेसले उनलाई राजधानीको उपमेयरको उम्मेदवार बनाएपछि भारी मतले विजयी हुन सफल भएकी छन् । नेपालका अधिकांश जिल्ला पुगेर सबै अनुभव बटुलेकी हरिप्रभाले पहिलो तहको स्थानीय निर्वाचनमा ५८ हजार ९ सय ५२ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठलाई २४ हजार भन्दा बढी मतले पछाडि पार्दै विजयी भइन् ।नवनिर्वाचित उपमेयर हरिप्रभा श्रेष्ठसँग महानगरका समस्या र समाधानका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कार्यभार सम्हालेको भोलिपल्टै कुच्चो बोकेर सडकमा निस्कनु भयो प्रचारप्रसारका लागि कि साँच्चै सरसफाइमा निस्किनु भएको हो ?

हामीले निर्वाचनका बेला मतदातासँग मत माग्दा राजधानीको सरसफाईका विषयमा कुरा उठाएका थियौं । तपाईँले भनेजस्तै हामी कुच्चो लिएर सडकमा आएको सांकेतिक रुपमा जनतालाई चेतनशील बनाउनका लागि हो । फुक्ला आदर्शलाई जनताले पत्याउदैन भन्ने मलाई राम्रोसँग हेक्का र ज्ञान दुबै छ ।

  • आफ्नो विजयलाई कसरी लिनु भएको छ ?

म राजनीतिमा प्रवेश गरेदेखि देशका ६५ जिल्ला जति घुमेर महिलालाई प्रशिक्षण दिने काम गरे । महिलाको राजनीतिमा सकृय सहभागिता नरहेसम्म देश विकास हुन सक्दैन भनेर महिलालाई चेतनशील पनि बनायौँ । समग्रमा भन्नुपर्दा यो जितलाई मैले निरन्तरताको प्रतिफलको रुपमा लिएकी छु । एमालेले राप्रपासँग तालमेल गरेर मत बिक्री गर्दासम्म काठमाण्डौंका जनताले विश्वास गरेर मलाई भारी मतले विजयी गराउनुभयो त्यसका लागि म धन्यवाद दिदै ऋणि भएको महसुश गरेकी छु ।

तपाईँको प्राथमिकतामा के के काम परेका छन् ?

महिला उद्यमी भएर आर्थिक रुपमा आत्मनिर्भर नहुँदासम्म अघि बढ्न कठिन छ । त्यसैले मेरो प्राथमिकतामा महिलालाई सबल र सक्षम उद्यमी बनाउने हो । सबल उद्यमी बन्न मानिस स्वास्थ्य रहन जति आवश्यक छ त्यसका लागि काठमाडौंलाई धुँवा धुलोरहित बनाउनु पर्छ । अब हामीले आदर्श छाँट्दै कथा र टुक्का हालेर हुँदैन जनताले देख्ने गरी काम गर्नुपर्छ त्यो म गरेर देखाउने छु ।

राजधानीलाई हराभरा बनाउने सपना पनि मतदातालाई बाँड्नु भएको थियो कसरी बनाउनु हुन्छ ?

मैले आफूले गर्न नसक्ने हावादरी गफ मतदातासँग गरेकी छैन । काठमाडौंलाई हराभरा बनाउन पहिला त जनचेतना कार्यक्रम नै हुनुपर्छ । त्यसपछि समूदायसँग हातेमालो गर्दै एक आपसी भाईचाराको सम्बन्ध बनाएर काठमाडौंलाई हाराभरा बनाउने हो । यति मात्र होइन राजधानीमा रहेको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरी स्थायी सामाधान गर्नुपर्ने अर्को चुनौति छ । चुनौतीसँग डराएर होइन जुधेर सामना गर्ने हो । व्यवस्थित स्थायी पार्किङ्ग पनि बनाउने हो ।

तपाईँले तीनकुनेमा भएको जग्गालाई उपयोग गर्ने भन्नुभएको थियो त्यसलाई के गरेर उपयोग गराउनु हुन्छ ?

हो मैँले चुनावमा तीनकुनेको ५२ रोपनी जग्गा र अन्य पर्ती जग्गामा पार्क बनाउने भनेकी थिएँ त्यो कामको थालनी छिट्टै गरिने छ । काठमाडौंलाई हराभरा बनाउन छिमेकी राष्ट्र दिल्लीमा जसरी रुख रोपिएको छ त्यसैगरी यहाँ पनि बनाउन सकिन्छ ।

महानगरको सबैभन्दा ठूलो समस्या भनेको पिउने पानी हो त्यसको व्यवस्थापन गर्न केही योजना छ ?

यो महानगरको मात्रै समस्या नभएर मुलुककै समस्या हो । काठमाडौंमा केही महिनापछि वितरण हुने मेलम्चीको पानीले हदैसम्मको समस्यालाई समाधान गर्छ मेलम्चीको पानी पर्याप्त भएन भने श्रोतको खोजी गरी प्राथमिकताका साथ काम गरिनेछ ।

मेयर पदमा विपक्षी पार्टीका व्यक्ति हुनुहुन्छ तपाईँले सोचे र चाहेजस्तो गरी काम गर्ने वातावरण बन्छ भन्ने कुरामा कति ढुक्क र आशावादी हुनुहुन्छ ?

राजनीतिक पार्टी, सिद्धान्त र दर्शन हाम्रा छुट्टाछुट्टै भए पनि सामाजिक संस्थामा प्रवेश गरेपछि विकास गर्ने विचार एउटै हुनुपर्छ । मेयर विद्या –विद्यासुन्दर शाक्य० जीले पनि विकासकै नारा दिएर जित्नु भएकोले विकास र महानगरलाई निकास दिने कुरामा उहाँ तगारो बन्नुहोला भन्ने मलाई लाग्दैन । मेयरको मात्र कुरा होइन सबै पार्टीका नेताहरुसँग समन्वय र छलफल गर्दै वडाबाट निर्वाचित भएका साथीहरुसँग समेत काँधमा काँध मिलाएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

महानगरपालिकाभित्र भ्रष्टाचारको जालो मौलाएको भनिन्छ त्यसको जरो काट्न सक्नुहृुन्छ ?

अवको विकास भनेको आर्थिक निकास हो । आर्थिक निकासलाई सवल र सक्षम बनाउनका लागि भ्रष्टाचारमा शुन्य सहनसिलता हुन आवश्यक छ । तपाईँले भने जस्तै गरी साथीहरुले मलाई पनि सुनाएका छन् । भ्रष्टाचार भनेको आर्थिक मात्रै होइन जनतालाई दिने सेवा र सुविधामा गरिने ढिलाई पनि भ्रष्टाचार हो । हामीले आर्थिक भ्रष्टाचारीदेखि कामचोर भ्रष्टाचारीलाई समेत प्रमाणको आधारमा कारबाही गर्नेछौं ।

काठमाडौंमा रहेको अर्को विकराल समस्या भनेको सार्वजनिक यातायात हो यसलाई व्यवस्थापन गर्ने केही उपाय छ ?

जहाँ समस्या, त्यहाँ उपायको खोजी भईरहन्छ । तपाइले भनेझैँ सार्वजनिक यातायातको समस्या ज्यादै ठूलो छ । यसकारण कयौं दिदीबहिनीहरुले यात्रा गर्दा अनेक हिंसा सहनु परेको छ । यसको सरलीकरणका लागि साना यातायात हटाएर ठूलो गाडी भित्राउनु पर्छ । व्यवस्थित पार्किङ्ग र गाडीले मान्छे कुर्ने प्रवृत्तिलाई हटाएर मान्छेले गाडी कुर्ने स्थिती बनायौं भने केहि समस्या समाधान हुन्छ भन्ने मलाई लागेको छ ।

काठमाडौंमा रेल कुदाउने कुरा पनि निर्वाचनमा जोडतोडले उठाइएको थियो रेल कुदाउन सम्भव देख्नुहुन्छ ?

अहिले भइरहेको विज्ञानको विकासले असम्भव भन्ने केही छैन । काठमाडौंमा रेल दौडाएर देखाउने हामीले प्रतिबद्धता देखाएका छौँ त्यो प्रतिबद्धतालाई पुरा गराएरै छाड्छौं ।

पाँच वर्षको कार्यकालमा महानगरलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

महानगरलाई साच्चीकै नमुना बनाउने हो भने जनताको साथ चाहिन्छ । जनताले हामीले भनेझै साथ दिए भने उनीहरुसँग हातेमालो गर्दै नमुना महानगर मात्र नभएर सानो युरोप बनाउने सपना मैले देखेकी छु ।

 

प्रतिक्रिया दिनुहोस
सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको