झापामा सयौ एमालेमा प्रवेश गर्दा के भने ओलीले?



हाम्रो इकोनोमि

काठमाडौँ / चुनावी प्रचार अभियानका क्रममा झापा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा एमाले सबै भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका छन् । एमालेलाई बढार्ने भन्नेहरुलाई प्रदेश नं. २ मै देखाइदिने चेतावनी समेत दिए ।

उनले एमाले पहिलो शक्ति हुने उदाहरण पेश गर्दै भने– एमालेले सरकारको नेतृत्व गर्दा कसरी काम गर्छ देख्नु भएको छ, अरु पार्टीले सरकारको नेतृत्व गर्दा के के गर्छन् त्यो पनि देख्नु भएको एमाले नेतृत्वमा भएको काम नै परिर्वतनको संवाहक हो’ त्यसकारण अरु पार्टीमा अल्मलिएकालाई पनि एमालेमा आउन आग्रह गरे । देशको समृद्धि र हितका लागि एमालेलाई मतदान गर्न पनि ओलीले आग्रह गरे ।

पहिलो चरणको स्थानीय निर्वाचनमा एमाले पहिलो भएको भन्दै अबको पहिलो शक्ति पनि नेकपा एमाले नै हुने दाबी गरे । उनले निर्वाचनमा हार व्योहोर्नुपर्ने डरले सरकारमा रहेका दलहरुले पटक पटक निर्वाचन सार्ने खेतीमा लागेको उनको आरोप छ।

एमाले राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र समृद्धिको नेतृत्व गर्ने पार्टी रहेको वताउँदै ओलीले लोकतन्त्रको रक्षाका लागि एमालेमा आवद्ध हुन आग्रह गरे । नेपालमा कुनै समयमा विभेद र असमानता भए पनि संविधानसभाले जारी गरेको संविधानले त्यसलाई अन्त्य गरेको ओलीको भनाई छ । कार्यक्रममा कांग्रेस, माओवादी लगायत पार्टीका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए । प्रवेश गर्नेहरुलाई धन्यवाद दिदै अब एमालेले मात्र बिकाश गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...