१४ गतेको चुनाबमा छ सय बढी भारतीयले यसरी हाल्दैछन् भोट



काठमाडौँ । नेपाली जनताले आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जनप्रतिनिधि छान्न भईरहेको स्थानीय तहको निर्वाचनमा सुनसरीको केही गाउँपालिका भारतीय नागरिक मतदाताहरु निर्णायक पाईएको छ ।
सुनसरी सदरमुकाम इनरुवासँग सीमा जोडिएको भोक्राहा गाउँपालिकाको वडा नम्बर ८ मा निर्णायक मतदाता नै भारतीय नागरिकहरु रहेको पाईएको हो ।
सो वडामा कुल २ हजार १ सय ७८ मतदाता रहेकोमा ६ सय भन्दा बढी भारतीय नागरिकहरु रहेको तथ्य फेला परेको छ । भारत बसमतीय मुस्लिम टोलाको मतदाता नामावली र भोक्राहा ८ को नेपाली मतदाता नामावली अनुसार अधिकांश मानिस भारतको नागरिक रहेको र निर्वाचनको बेला आउने उनीहरुले नै त्यसवडाको जनप्रतिनिधि चयनमा प्रत्यक्ष भूमिका खेल्ने गरेको देखिएको छ ।

निर्वाचनको बेलामा आउने उनीहरुले कुनै पार्टी विशेषलाई भन्दा पनि नातेदार बनेका आफ्ना आफन्तको पक्षमा मतदान गर्ने गरेका छन । एक स्थानीयले भने– लामो समयदेखि गाउँको राजनीतिमा पकड जमाएकाहरुले आफ्नो चुनावी पकडलाई दिर्घकालसम्म कायम राख्न सयौ भारतीय आफन्तहरुलाई यहाँको नागरिकसहित मतदाता बनाएकोले अहिले सो वडाका आफ्नो जनप्रतिनिधि आफै छान्न सक्ने अवस्था छैन । भारतीयहरु आएर जसको पक्षमा मतदान गर्छन उही हाम्रो जनप्रतिनिधि हुने अवस्था छ ।

सो वडाबाट उम्मेदवार बनेका एक जनाको आफू बाहेक पुरै भारतीय नागरिक र मतदाता रहेको देखिएको छ । उनी पनि विगत दुई दशकबाट सो वडामा बस्दै आएका हुन । भारत भेलाही ११ घर भएका उनी त्यहाँ मुद्दा लागेर प्रहरीको खोजीको सूचिमा परेपछि नेपाल आएर लुकेर यता बसेको र पछि यतै नागरिक भएको स्थानीयहरु बताउँछन । उनी नेपाल भित्रिएपछि फर्किएर भारत जान नसकेको समाचार सुनसरी बाट प्रकाशित बर्णमाला दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्