आज पनि आएन अन्तिम फैसला,एक साता पछि के हुन्छ ?



काठमाडौँ / भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज हुने भनेको अन्तिम फैसला एकहप्ता भित्र निर्बाचन आयोग बाट  सक्कल कागज झिकाएर अदालतमा पेश गर्न आदेश दिएर सकिएको छ । अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले मंगलबार जारी गरेको दैनिक कार्यसूचि अनुसार, कायममुकायम प्रधानन्यायाधीस गोपालप्रसाद पराजुली र न्यायाधीस हरिकृष्ण कार्कीको संयुक्त इजलासको पहिलो नम्बरमा भरतपुर महानगरपालिकाको रिटमाथि सुनुवाई हुने उल्लेख छ।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनपछि जारी मतगणनाको क्रममा जेष्ठ १४ गते राती एमाले र माओवादी उम्मेदवारका प्रतिनिधिबीच बाबविवाद भएपछि ९० मतपत्र च्यातिएको थियो। त्यसपछि स्थगित रहेको मतगणना प्रक्रियालाई रद्द गर्दै निर्वाचन आयोगले वडा नम्बर १९ मा पुनः मतदानको लागि चितवन जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

आयोगको उक्त निर्णयप्रति गम्भिर आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन र सडकमा विरोध गरेको थियो।

आयोगको उक्त निर्णयको विरुद्धमा सोही वडाका एमालेबाट सदस्य पदका उम्मेदवार गुञ्जमान विकसहित २ जनाले सर्वोच्चमा रिट दायर गरी आयोगको सो निर्णय खारेजीको माग गरेका थिए।

त्यसपछि सर्वोच्च अदालतले उक्त निर्णयमा अन्तिम फैसला नहुँदासम्म कार्यान्वयन नगर्न नगराउन सम्बन्धीत पक्षलाई निर्देशन दिँदै प्रतिबादका लागि अदालतमा डाकेको थियो।

यसअघि पटक पटक पेसी म्याद सर्दै गएको उक्त रिटमाथि आज भने कामु प्रधानन्यायाधीस पराजुली र न्यायाधीस कार्कीको संयुक्त इजलासमा पहिलो प्राथमिकतामा राखिए पनि अन्तिम फैसला हुन् सकेन ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय