यी हुन् अरुले सेक्सी भन्दा खुशी हुने नायिका



हाम्रो इकोनोमि

काठमाडौँ / लोकदोहोरी विधा बाट मनोरंजन दुनियामा प्रवेश गरेकी संचिता शाही मोडलिङ क्षेत्रमा जम्न सुरु गरेको छिन । मोडेल सबै विधामा जम्न सक्नुपर्छ भन्ने मान्यता राख्ने उनी पछिल्लो पुस्ताकी आशालाग्दी नायिकाको परिचयमा बाधिने कसरतमा छिन। मौशम गुरुङको “अन्धोपन” एल्बमबाट दर्शकहरुको नजरमा पर्न सफल सुन्दरी मोडेल शाही पछिल्ला दिनमा म्युजिक भिडियो र फिल्मको सुटिङमै व्यस्त छिन । लोकदोहोरी गीतको भिडियोले चर्चाको उपल्लो शिखरमा पुर्याएपछि उनको सक्रियता थप बढेको छ। २ वटा फिल्म र २ दर्जन म्युजिक भिडियोमा अभिनय कैद गराई सकेकी हिम्मतिली नायिका शाही अरु प्रोजेक्टमा ब्यस्त छिन।

एक दर्जनभन्दा बढि भिडियोमा काम गरिसकेको अनुभवले खारिएकी उनको अभिनयकला लोभ लाग्दो नभएर तरिफ गर्न लाएक छ। म्युजिक भिडियोमा भन्दा फिल्ममा धेरै मेहनत गर्नु पर्ने उनको अनुभवले बताउछ । फिल्म ठूलो क्षेत्र हो । गीतमा नाँचेर मात्रै पुग्ने जस्तो फिल्ममा नहुने तर्क छ उनको । फिल्ममा धेरै प्रकारका सिनहरु हुने उल्लेख गर्दै उनले आफु बेडसिन, किस सिनहरु चाही दिन नसक्ने बताउछिन। यही क्षेत्रमा जम्ने सक्दो कोशिश गर्दै आएकी उनी भन्छिन- अघि बढ्नका लागि धेरै नै संघर्ष गर्नुपर्छ । जब मानिस संघर्ष गर्छन् तब न सफल हुन्छन् । केही काम गर्दा दुःख गरियो भने बल्ल सफल भईन्छ । यही नै संघर्ष हो । सुन्दर रुपकी धनी उनलाई अचेल धेरैले हट एण्ड सेक्सी मोडेल भन्छन् । तर त्यसमा उनलाई कुनै आपत्ति छैन,बरु खुशी हुन्छिन।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...