प्रकृतीलाइ नै चक्मा दिने स्वरकी धनी



हाम्रो इकोनोमि

काठमाडौँ / सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। सुरिलो स्वरले उनको सुन्दरतालाई थप चम्काईदिएको छ र त उनी यतीबेल सांगीतिक दुनियामा जमेर लागेकी छिन,स्थापित हुने अन्तिम चरणमा होमिएकी छिन। उनी अर्थात् सुरिलो र सुरम्य स्वरकी धनी प्रकृती थलंग प्रकितीलाई मन्त्र मुग्ध बनाउने स्वरले सांगीतिक दुनियामा रुमल्लिएकि छिन ।

 

पुर्बी नेपालको ताप्लेजुङ्ग जिल्लामा जन्मिएकी प्रकृतीको परीवारनै सांगीतिक क्षेत्रमा जमेर लागिपरेको छ । उनका दुइ दाजु सांगीतिक क्षेत्रमै स्थापित छन् । कुशल थलंग र कन्चन थलंगकी सहोदर बहिनी प्रकृतीका बुबा केन्द्र बिक्रम राम्रो सर्जक पनि पनि हुन् । उनले गीत र उपन्यास लेखिसकेका छन् । राजधानीमा बसेर गायनमा खारिदै गरेकी उनले आफ्नै नामको एल्बम सार्बजनिक गरेकी छिन । बाटोमा भेटेको माया,गैरी गाउको,लन्डन पुग्दा,तिम्रो मेरो मायाको बलेसीमा,यती मन पराउछु म लगायतका गीतमा स्वर दिईसकेकी उनले नया एल्बम निकाल्ने तयारी गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...