प्रकृतीलाइ नै चक्मा दिने स्वरकी धनी



हाम्रो इकोनोमि

काठमाडौँ / सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। सुरिलो स्वरले उनको सुन्दरतालाई थप चम्काईदिएको छ र त उनी यतीबेल सांगीतिक दुनियामा जमेर लागेकी छिन,स्थापित हुने अन्तिम चरणमा होमिएकी छिन। उनी अर्थात् सुरिलो र सुरम्य स्वरकी धनी प्रकृती थलंग प्रकितीलाई मन्त्र मुग्ध बनाउने स्वरले सांगीतिक दुनियामा रुमल्लिएकि छिन ।

 

पुर्बी नेपालको ताप्लेजुङ्ग जिल्लामा जन्मिएकी प्रकृतीको परीवारनै सांगीतिक क्षेत्रमा जमेर लागिपरेको छ । उनका दुइ दाजु सांगीतिक क्षेत्रमै स्थापित छन् । कुशल थलंग र कन्चन थलंगकी सहोदर बहिनी प्रकृतीका बुबा केन्द्र बिक्रम राम्रो सर्जक पनि पनि हुन् । उनले गीत र उपन्यास लेखिसकेका छन् । राजधानीमा बसेर गायनमा खारिदै गरेकी उनले आफ्नै नामको एल्बम सार्बजनिक गरेकी छिन । बाटोमा भेटेको माया,गैरी गाउको,लन्डन पुग्दा,तिम्रो मेरो मायाको बलेसीमा,यती मन पराउछु म लगायतका गीतमा स्वर दिईसकेकी उनले नया एल्बम निकाल्ने तयारी गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...