बझाङको काडा–५ मा एमाले प्यानल नै निर्वाचित



वझाङ । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले विजयको खाता खोलेको छ । यसको शुरुवात बझाङको काडा गाउँपालिकामा–५ बाट भएको छ । उक्त वडामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध निर्वाचित भएका छन् ।

आईतबार भएको मनोनय दर्ताको वेला उक्त गाउँपालिकाको वडा नं। ५ बाट अन्य कुनै दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएको हो ।

निर्विरोध निर्वाचित हुनेमा महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरुमा डवल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको कांडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिएका छन ।

आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुगे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको निर्वाचित वडा अध्यक्ष धनञ्जय बोहराले बताए । उनले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस
देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन

राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम जानकी मन्दिरमा

    राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आइपुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका