एमाले नेता भन्छन-‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा जित्छौ’



हाम्रो इकोनोमि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे ।

 

आज आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

नेता पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचन सारेर सरकारले गम्भिर गल्ती गरेको समेत टिप्पणी गरे । उनले भने,‘दुई नम्बर प्रदेशमा निर्वाचन सारेर सरकारले गम्भिर भुल गरेको छ, यो मधेशी जनतामाथिको अन्याय हो।’ उनले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो निर्वाचन भएकोले मतदानबाट बञ्चित गराउने कार्य कसैबाटपनि हुन नहुने तर्क गरे ।

उनले भने,‘राजपालाई चुनावमा भाग लिन नदिन सरकारले नाटक गरेको हो, राजपालाई पालिरहने हो भने संविधान संशोधनपनि हुँदैन्।’ पोखरेलले संविधान संशोधनको पक्षमा एमालेले समर्थन नगर्ने समेत जिकिर गरे । उनले मधेशलाई विभाजित गर्न केहीले चाहिरहेको समेत आरोप लगाए ।

उनले कसैको स्वार्थ पुरा गर्नको लागि नेपाली कांग्रेसले कायरता प्रर्दशन गरेको समेत आरोप लगाए । उनले भने,‘चुनावको मिति किन सारियो भन्दा आफू हार्ने डरले कांग्रेसले सारेको हो।’ उनले २ नम्बर प्रदेशमा हुने चुनावमा पनि मधेशी जनता नै लड्ने भएकोले सिँगो मधेशी जनताको ठेक्का एउटा अमुक दलले लिन मिल्छ त ? भन्दै प्रश्न समेत तेर्साए ।

उनले आफ्ना प्रहरीलाई तेजोबोध गर्नेगरि अपराधीलाई एक करोड ५० लाख पैसा बाँड्ने, अपराधीलाई रक्षा गर्ने कांग्रेस र माओवादी केन्द्रलाई जनताले किन भोट हाल्ने ? भन्दै प्रश्न गरे । उनले मधेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी गरेर आईलाग्दापनि आफूहरुले विजयी हाँसिल गरेको भन्दै प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

 

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...